समाज


११ दिनपछि अनिवार्य अवकाशमा जान लागेकी किरण राणा एआईजीमा बढुवा सिफारिस

११ दिनपछि अनिवार्य अवकाशमा जान लागेकी किरण राणा एआईजीमा बढुवा सिफारिस

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार ६:४८, काठमाडौँ

यही कात्तिक १६ गते अनिवार्य अवकाशमा जान लागेकी डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस भएकी छन्।

आइतबार साँझ बसेको बढुवा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो।

राणाभन्दा अगाडि रहेका बुद्धिराज गुरुङ र दुर्गा सिंहलाई छाडेर बढुवा सिफारिस समितिले राणालाई बढुवा सिफारिस गरेको हो। श्याम ज्ञवाली अवकास भएपछि भदौ २४ गतेदेखि नेपाल प्रहरीको जनपद समूहतर्फ एआईजी पद रिक्त छ। 

कार्य विभाग प्रमुख एआईजी रामदत्त जोशी पनि यही कात्तिक १८ गते अवकाश हुनेछन्। त्यसपछि एकसाथ २ एआईजी बढुवा गर्ने तयारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad