नेपालका प्रथम राष्ट्रपति डा.रामवरण तराईको जंगल मासिँदै गएको उल्लेख गर्दै पानी सकिएपछि कहाँबाट ल्याउने भन्दै प्रश्न गरेका छन्।
मंगलबार जनकपुरमा राजर्षिजनक विश्वविद्यालयको ७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता जाहेर गरेका हुन्।
उनले भने, ‘प्रकृति नरहे हामी रहँदैनौँ। तेल त हामी भारततिरबाट ल्याउँछौँ। तर पानी जुन दिन सकिन्छ, पानी कहाँबाट ल्याउने? तराईको जंगल मासिरहेको छ।’
सो अवसरमा प्रथम राष्ट्रपति यादवले लोकतन्त्रलाई व्यवस्थित गरेर लैजानुपर्ने बताए।
उनले आफूहरूले आन्दोलनबाट तानाशाह हटाएको र संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको बताए। उनले अहिलेको लोकतन्त्र समावेशी रहेको उल्लेख गरे।
उनले शिक्षा र स्वास्थ्यमा सबैको पहुँच पुर्याउनुपर्ने आवश्यकता औंल्याए।
उनले भने, ‘हामीले तानाशाहलाई हटायौँ। संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ। लोकतन्त्रमा छौँ। समावेशी लोकतन्त्र छ। यसलाई व्यवस्थित गरेर लैजानुपर्छ। र शिक्षा, स्वास्थ्यमा सबैको पहुँच पुर्याउनुपर्छ।’
यादवले मधेसको शैक्षिक गुणस्तर घट्दै गइरहेकोमा चिन्ता व्यक्त गरेका छन्।
Shares

प्रतिक्रिया