राजनीति


भीम रावलको आह्वानः एमालेमा तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने कार्यको प्रतिवाद गरौँ

भीम रावलको आह्वानः एमालेमा तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने कार्यको प्रतिवाद गरौँ

एमाले नेता भीम रावल


नेपालखबर
कात्तिक १२, २०८१ सोमबार १२:२४, काठमाडौँ

नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यलाई तानाशाही शैलीमा स्पष्टीकरण मागिएको र धम्क्याइएको आरोप लगाएका छन्। 

विवादित व्यवसायी मीनबहादुर गुरुङले केन्द्रीय कार्यालय बनाउन जग्गा दान गरेको विषयमा विरोध गर्दा रावलसहित तीन नेतालाई एमालेले स्पष्टीकरण मागेको थियो। त्यसको भोलिपल्ट कात्तिक ५ गते रावलको गृहजिल्ला अछाममा उनीनिकट कार्यकर्ताले अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध नाराबाजी गरेका थिए।

यसैबीच नेता रावलले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेको जबज, परम्परा र संवैधानिक हकविपरीत कुनै बैठक र छलफल नगरी पदको दुरुपयोग गर्दै सु.प. प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्याय प्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूले विरोध र प्रतिवाद गरौँ।’

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
    ad ad