राजनीति


भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई एमालेले सोध्यो स्पष्टीकरण

भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई एमालेले सोध्यो स्पष्टीकरण

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १९:२३, काठमाडौँ

नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गाबारे पार्टीको आधिकारिक निर्णयविपरीत अभिव्यक्ति दिनेहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए। 

एमालेका पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको उनले बताए। 

‘के कति कारणले उहाँहरूले त्यस्तो गतिविधि गर्नुभएको छ भन्नेमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ उनले भने। 

‘लामो समय पार्टी नीतिसँग असहमति राखेर विचार राख्नुभएका पार्टीका उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ महासिचव पोखरेलको भनाइ थियो। 

भिडिओ

असोज २५ गते प्रधानमन्त्री समेत रहेका ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा व्यवसायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा दान प्राप्त भएको भन्दै एमाले केन्द्रीय कार्यालयको भवन शिल्यानास गरेका थिए।

यसबारे एमालेभित्रैबाट पनि आलोचना भइरहेको छ। स्थायी कमिटी सदस्य विन्दा पाण्डेले त व्यवसायीबाट दान लिनुलाई साढे पाँच लाख पार्टी सदस्यको शिर झुकाउने कदम भन्दै २८ लाख मतदाताको अपमान हुने तर्क गरेकी थिइन्। 

सम्बन्धित खबर :

अर्की नेतृ उषाकिरण तिम्सिनाले पनि पार्टीले दान लिनु गलत भएको बताएकी थिइन्।

सोहीतर्फ संकेत गर्दै आइतबार साँझ बसेको पार्टी सचिवालय बैठकमा ओलीले अराजकहरू बढ्दै गएको टिप्पणी गरेका थिए।

एमालेको विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad