नेपाली कांग्रेसका महामन्त्री गगन थापाले र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भारतको नयाँ दिल्लीमा भेटघाट भएको छ।
एसिया क्लाइमेट समिट नामक एक कार्यक्रममा भाग लिन मंगलबार दिल्ली पुगेका थापाले बिहीबार भारतको सत्तारूढ दल भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटघाट गरेका हुन्।
चौथाइवालेले थापासँग द्विपक्षीय हितका विविध छलफल भएको बताउँदै भेटप्रति खुसी व्यक्त गरेका छन्।
उक्त भेटपछि महामन्त्री थापा बिहीबार अपरान्ह बाह्रखम्बा रोडस्थित नेपाली दूतावास गएका थिए।

615
Shares

प्रतिक्रिया