राजनीति


पोखरामा समर्थकको नारा- ‘नडराऊ रवि दाइ, जनता तिम्रो साथमा छ’

पोखरामा समर्थकको नारा- ‘नडराऊ रवि दाइ, जनता तिम्रो साथमा छ’

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार १६:४८, काठमाडौँ

शुक्रबार काठमाडौँबाट पक्राउ परेलगत्तै कास्कीको पाखेरा पुर्‍याइएका पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपपा) का सभापति रवि लामिछानका समर्थकहरूले शनिबार दिनभरजसो प्रदर्शन गरेका छन्। 

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न देखिएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेका समर्थकहरूले विभिन्न नारासहित पोखरा, काठमाडौँ, वीरगञ्ज लगायतका विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन्। 

प्रदर्शनमा सहभागीहरूले ‘नडराऊ रवि दाइ, जनता तिम्रो साथमा छ’, ‘असली सहकारी ठगलाई कारबाही गर’, ‘सहकारी पीडितलाई न्याय दे’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नारा लगाइरहेका छन्। 

प्रदर्शनमा सहभागी भएका शीर्ष नेताहरूले सरकारले प्रतिशोध साँधेर रविलाई पक्राउ गरिएको भन्दै सरकारको निन्दा गरेका छन्। विशेषगरी रास्वपाका नेताहरूले कुनै एउटा नेताको राजनीति जोगाउन र व्यवसायी मीनबहादुर गुरुङसँग नेकपा एमालेले लिएको जग्गा विवादको विषय मोड्न रविलाई पक्राउ गरिएको बताए। 

शुक्रबार नै स्थलमार्गबाट पोखरा पुर्‍याइएका लामिछानेलाई मेडिकल जाँचपछि जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा राखिएको छ।

उनीविरुद्ध संगठित अपराधको मुद्दा चलाउने प्रहरीको तयारी छ। प्रहरीका अनुसार शनिबार अदालत बन्द भएकाले उनलाई आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार रविलाई पक्राउ गरेको थियो। 

प्रहरी हिरासतमा रवि पुग्नुअघि नै समर्थकहरू प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शनमा उत्रिसकेका थिए। 

शनिबार पोखरामा रास्वपाका शीर्ष नेतासहितको उपस्थितिमा प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad