राजनीति


विपक्षी दलसँग महन्थको गुनासो- म सत्तापक्षबाट पीडित भएँ

विपक्षी दलसँग महन्थको गुनासो- म सत्तापक्षबाट पीडित भएँ

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १४:३२, काठमाडौँ

प्रतिपक्षी दलहरूको बैठकमा सहभागी हुन पुगेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफू सत्तापक्षबाट पीडित भएको गुनासो गरेका छन्। 

शुक्रबार बिहान नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा ठाकुरले यस्तो गुनासो गरेका हुन्। 

उनले आफूहरू सत्तापक्षमा भएर पनि सत्तामा जस्तो नभएको गुनासो गरेको आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बताए। 

ठाकुरको भनाइ उद्धृत गर्दै साहले भने, ‘हामी आफैँ पीडित छौँ। सत्तापक्षमा पनि सत्ताजस्तोमा छैनौँ। हाम्रो मान्छेहरू अझै बन्दीमा छन्। थुनामा छन्। आज पनि मान्छे जेलमा छन्। न्याय छैन।’

तर, ठाकुरको सचिवालय सदस्य सत्येन्द्र मिश्रले भने बैठकमा ठाकुरले कुनै विषय नराखेको दाबी गरे। 

ठाकुरले भने, ‘झुक्याएर बोलाउनुभएको हो। उहाँले बैठकमा केही बोल्नुभएनछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad