राजनीति


सरकारमा भएका लोसपा र नाउपाका नेता पनि प्रतिपक्षी दलको बैठकमा

सरकारमा भएका लोसपा र नाउपाका नेता पनि प्रतिपक्षी दलको बैठकमा

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार ११:५२, काठमाडौँ

प्रतिपक्षी दलहरूको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सहभागी भएको छ। 

शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुर र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सहभागी भएका हुन्। 

लोसपा र नाउपा दुवै वर्तमान सरकारमा सहभागी छन्। सत्तारुढ गठबन्धनमा सहभागी भए पनि उनीहरू शुक्रबार विपक्षी दलको बैठकमा उपस्थित भएका हुन्। 

बैठकमा सहभागी एक नेताका अनुसार, बैठक सुरु हुँदा नै महन्थ ठाकुर पुगिसकेका थिए। रन्जिता भने केहीबेर पछि बैठकमा पुगेकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा महन्थ नेतृत्वको लोसपाबाट शरतसिंह भण्डारी  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री छन्। 

त्यस्तै, नाउपाबाट अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन्। 

प्रतिपक्षी दलहरूको बैठकले बाढीपहिरोमा सरकारले गरेको ढिलासुस्तीबारे प्रश्न गर्दै आगामी कात्तिक ५ गते सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ। 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपमहासचिव शक्तिबहादुर बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ सहभागी थिए।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष ठाकुर, आम जनता पार्टी अध्यक्ष प्रभु शाह सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad