राजनीति


‘प्यालेस्टाइनीमाथिको इजरायली नरसंहार’ रोक्न १५ वामपन्थी दलको माग

‘प्यालेस्टाइनीमाथिको इजरायली नरसंहार’ रोक्न १५ वामपन्थी दलको माग

नेपालखबर
असोज ३०, २०८१ बुधबार १७:१८, काठमाडौँ

नेकपा (मसाल), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका १५ वामपन्थी दल तथा आन्दोलनले इजरायली सरकारमाथि कडा कारबाही गर्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेका छन्।

बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी नेपालका मुख्य वामपन्थी दल र नागरिक अगुवाहरूले इजरायल सरकारले प्यालेस्टाइनी जनतामाथि अत्याचार गरेको जनाएका हुन्।

‘अमेरिकाको उक्साहट र पृष्ठपोषणमा इजरायलको यहुदीवादी सरकार भीषण दमन र राज्य आतङ्कको सहाराले योजनाबद्ध ढंगले प्यालेस्टिनी भूमि बलपूर्वक खोस्दै, खुम्च्याउँदै, प्यालेस्टिनी जनतालाई आफ्नै भूमिबाट बिस्थापित गराउँदै आफ्नो सीमा विस्तारको कार्यमा’ लागेको उनीहरूको आरोप छ।

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसहित बृहत् नागरिक आन्दोलनका सञ्जीव उप्रेती, सामाजिक अनुसन्धानकर्ता मीना पौडेललगायत १५ व्यक्तिले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। उनीहरुले इजरायल अहिले हिजबोल्लाहले आक्रमण गरेको निहुँमा लेबनानमाथि समेत आक्रमण गर्न अघि सरेको भन्दै यसले अब इरानलगायत पूरै पश्चिम एसियालाई द्वन्द्वमा धकेल्ने चिन्ता व्यक्त गरेका छन्। 

द्वन्द्वका कारण प्यालेस्टाइनी भूमीबाट लाखौंको संख्यामा स्थानीय जनताहरू विस्थापित भएको स्पष्ट पार्दै विज्ञप्तिमा नेपाली समुदायलाई द्वन्द्वग्रस्त क्षेत्रमा नजान र गएकालाई तत्काल उद्धार गरी फर्काउन सरकारसँग आह्वान गरिएको छ।

साथै, बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिन जोशीको तत्काल उद्धार गरेर घर फर्काउन पनि उनीहरूले सरकारसँग माग गरेका छन्।

यस्तो छ, विज्ञप्ति

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad