नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई युनिलिभर नेपालले ‘ट्राभल किट’ हस्तान्तरण गरेको छ।
बुधबार एन्फा कम्प्लेक्समा आयोजित एक कार्यक्रममा युनिलभरले नेपाली टिमलाई ट्राभल किट दिएको हो।
युनिलिभर नेपाल लिमिटेडका मार्केटिङ हेड सौरभ कारन्जितले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पन्कजविक्रम नेम्वाङको उपस्थितीमा सो सामग्री प्रदान गरेका हुन्।
सो अवसरमा बोल्दै अध्यक्ष नेम्वाङले युनिलिभरले अन्तर्राष्ट्रिय फुटबलमा महिला टिमलाई सहयोग गरेकोमा धन्यवाद दिँदै नेपाली फुटबललाई निरन्तर सहयोग गर्न आग्रह गरे।

अध्यक्ष नेम्वाङले नेपालले दुई पटकसम्म घरेलु मैदानमा भएको फाइनलमा नेपाल उपविजेता भएको स्मरण गर्दै यो पटक उपाधि घरभित्रै राख्ने विश्वास व्यक्त गरे।
उनले सन् २०२६ र २०३२ मा हुन लागेको विश्वकप खेल्न अहिले देखि नै तयारी थाल्नुपर्ने बताए।
टिकट बिक्रिबाट प्राप्त रकमको २० प्रतिशत खेलाडीलाई दिने एन्फाले जनाएको छ।
Shares

प्रतिक्रिया