राजनीति


अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकार व्यावसायी छलफल

अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकार व्यावसायी छलफल

नेपालखबर
फागुन २७, २०७६ मंगलबार ९:५१,

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले मंगलबार सरोकारवालासँग छलफल गरेको छ।

नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म नदेखिएपनि अत्यावश्यक वस्तुहरुको सहज र नियमित आपूर्तिका विषयमा छलफल गर्न विभिन्न मन्त्रालय र सरोकारवालासँग छलफल गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा अर्थमन्त्री युजराज खतिवडा, उद्योग वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायतको सहभागिता रहेको थियो।

उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसिरहेको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल परिसंघका पदाधिकारीहरु समेत सहभागि थिए।

बैठकमा औषधि एवं अत्यावश्यक वस्तुहरुको सहज र नियमित आपूर्ति व्यवस्थापनका विषयमा छलफल भएको छ। छलफलमा औषधि व्यवसायीहरुको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad