समाज


कोरोना भाइरसले उत्तर कोरियामा २ सय सैनिकको मृत्यु

कोरोना भाइरसले उत्तर कोरियामा २ सय सैनिकको मृत्यु

नेपालखबर
फागुन २७, २०७६ मंगलबार ९:३२,

कोरोना भाइरसले उत्तर कोरियामा झन्डै २ सय सैनिकको ज्यान लिएको छ। हङकङबाट प्रकाशित हुने अंग्रेजी पत्रिका साउथ चाइना मर्निङ पोस्टको अनलाइनका अनुसार उत्तर कोरियामा हजारभन्दा बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ।

गत जनवरीदेखि फेब्रुअरी महिनासम्म कोरोना भाइरसका कारण उत्तर कोयिामा १ सय ८० सैनिकले ज्यान गुमाएका थिए। ३ हजार ७ सय सेनालाई क्वारेन्टाइनमा राखिएको सो अनलाइनले जनाएको छ।

चीनको सीमामा खटिएका सेनामा कोरोना देखिएको वेलायत तथा दक्षिण कोरियाबाट प्रकाशित हुने मिडियाले दाबी गरेका छन्। कोरोना भाइरसका कारण सेनाको ज्यान गएकोबारे उत्तर कोरियाले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

उत्तर कोरियाले हालसम्म आफ्नो देशलाइ कोरोना भाइरस मुक्त भनेर दाबी गर्दै आएको छ।

North Korean soldiers pictured in the truce village of Panmunjom in 2000. Photo: Reutersसन् २०००मा खिचिएको कोरियाली सैनिकको तस्विर। तस्विर स्रोत: रोयटर्स।

यसबीचमा दक्षिण कोरियाको समाचार संस्था योनहापले उत्तर कोरियाले १० हजार मानिसलाई क्वारेन्टाइनमा राखेकोमा यतिबेला ४ हजारलाई घर फर्काएको दाबी गरेको छ।

सोमबार उत्तर कोरियाली पत्रिका रोदोङ सिनमुनले भनेको थियो,‘कोरोनाको प्रकोप हाम्रो देशमा देखिएको छैन।’ मृत्यु हुनेहरु निमोनिया, आस्थ्मा, ट्युबरक्लाइसिस र चिसो लाग्ने संकेतहरु देखिएको सो पत्रिकाले उल्लेख गरेको थियो।

उत्तर कोरियाली सैनिकलाई कोरोनाबाट बच्न पर्याप्त उपाय अपनाउन आग्रह गरिएको छ। त्यसो नगरे दण्ड दिने चेतावनी दिएको पनि बताइएको छ। उत्तरका अधिकारीहरुले अस्वस्थ्य र रोगी सैनिकलाई राम्रो हेरचाह दिइरहेको दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad