ad ad

राजनीति


राष्ट्र संघमा शान्ति सेना पठाउने मुलुकमा नेपाल चौथो

राष्ट्र संघमा शान्ति सेना पठाउने मुलुकमा नेपाल चौथो

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार १५:४६,

संयुक्त राष्ट्र संघको आव्हानमा विश्‍व शान्ति स्थापना कार्यको लागि फौज पठाउने विश्‍वका १२२ देशमध्ये १ जनवरी २०२० देखि नेपाल पाँचौ स्थानबाट चौथो स्थानमा उक्लन सफल भएको छ।

हाल संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि विभिन्‍न १२ वटा द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ भएका नेपाली कण्टिन्जेण्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरु गरि जम्मा ५ हजार ६ सय ५८ जना सुरक्षाकर्मीहरु कार्यरत रहेका नेपाली सेनाले जनाएकाे छ। नेपाली सेनाका ५ हजार ९६ जना शान्ति सैनिक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५६२ जना फौज विभिन्‍न द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ रहेका छन्।

पहिलो पटक सन् १९५८ मा युनाइटेड नेसन अब्जर्भेसन ग्रुप इन लेबनान मिशनमा नेपाली सेनाको तर्फबाट ५ जना सैनिक पर्यवेक्षक सहभागी भएका थिए भने हालसम्म १लाख २९ हजार ८९९ जना सैनिकहरुले सहभागिता जनाईसकेका छन्। नेपाली सेनाका १ हजार ४०१ जना महिला शान्ति सैनिकहरुले सहभागिता जनाईसकेका छन् भने हाल १८१ जना महिलाहरु विभिन्‍न मिशनहरुमा कार्यरत रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .