ad ad

राजनीति


लोकतान्त्रिक फोरमबाट समाहित ११ नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

लोकतान्त्रिक फोरमबाट समाहित ११ नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार १५:२९,

नेपाली कांग्रेसले तत्कालिन नेपाल लोकतान्त्रिक फोरमबाट समाहित भएर आएका ११ नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) (ग) बमोजिम ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मनोनित हुनेहरुममा रामजनम चौधरी (कैलाली), मो नसिर सिद्धिकी (सिराहा), भारतेन्दुकुमार मल्लीक (झापा), हेमराज तातेड (सप्तरी), डा गोपाल दहित (बर्दिया), मंगलप्रसाद थारु (बर्दिया), योगेन्द्र चौधरी (दाङ्ग), हरिप्रसाद न्यौपाने (मोरङ्ग), सुमित्रा थरुनी (सुनसरी), कल्पना चौधरी (सुनसरी) र पवनकुमार सारडा (मोरङ्ग) रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .