ad ad

राजनीति


कोरोना भाइरस नपड्किएको एम्बुस जस्तोेः स्वास्थ्यमन्त्री ढकाल

कोरोना भाइरस नपड्किएको एम्बुस जस्तोेः स्वास्थ्यमन्त्री ढकाल

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ९:५९,

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसलाई ‘नपड्किएको एम्बुस’ सँग तुलना गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा कोरोना भाइरस सम्बन्धी दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै मन्त्री ढकालले कोरोना भाइरस हाम्रै घर भित्र वा छेउछाउमा हुन सक्ने भन्दै सकर्तता अपनाउन आग्रह गरे।

एक जना डाक्टरको भनाई उदृत गर्दै मन्त्री ढकालले भने, ‘कोरोना भाइरस कस्तो हो भने यो नपड्किएको एम्बुस जस्तो। हाम्रै घर भित्र पनि हुनसक्छ। हाम्रो छेउछाउमा पनि हुन सक्छ। नपड्किँदासम्म केही होइन जस्तो।’

उनले संक्रमण फैलन नदिन सरकारले पर्याप्त तयारी गरेको दाबी पनि गरे। कोरोना नियन्त्रणमा सांसदहरुले दिएका सुझाव महत्वपूर्ण हुने उनले उल्लेख गरे।
विगतमा संकट परेपछि मात्रै सबै जना एक ठाउँमा उभिने परम्परा विपरित अहिले संकट आइपर्ने सम्भावना अगावै सबै दल एक ठाउँमा आउने वातावरण बनेकोमा प्रशन्नता व्यक्त गर्दै उनले यसबाट संकट टार्न मद्दत मिल्ने बताए।

सांसदहरुले कोरोना सम्बन्धी राष्ट्रिय स्तरमा अनुगमन तथा निर्देशन दिन संसदीय समिति निर्माण गर्न गरेको आग्रहलाई सकारात्मक रुपमा लिएकाे पनि मन्त्री ढकालले बताए। उनले विगतमा भूकम्प पछि सभामुखको अध्यक्षतामा सबै दल सम्मिलित यस्तो समिति बनेको स्मरण गरे।

कोरोना सम्बन्धी विशेष प्रस्तावमाथि ३९ जना सांसदहरुले बोलेका थिए।

प्रतिनिधि सभाको अर्को बैठक यही फागुन २९ गते बस्ने गरी स्थगित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .