सत्तारुढ नेकपाकी सांसद रामकुमारी झाक्रीले कोरोनाको प्रकोपको नाममा देशमा कालोबजारी बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न तीनैवटा सरकारले तयारी गर्नुपर्ने बताएकी छिन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कोरोना प्रकोप रोक्न सरकारले गरेको तयारीबारे पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै उनले बजारमा मास्क, खाद्यान्न लगायतका वस्तुको हुन थालेको कालोबजारी नियन्त्रण गर्न केन्द्र, प्रदेश र स्थानीय तहलाई आग्रह गरिन्।
‘कालाेबजारी नियन्त्रणका लागि सरकार एकदमै जाग्नुपर्यो’, उनले भनिन,‘ संघीयमात्रै होइन प्रदेश सरकार र ७५३ वटै स्थानीय सरकारहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ।’
उनले अर्थतन्त्रको सूचकांक नविग्रेस् भन्नका लागि सावधानी पूर्वक काम गर्न पनि सरकारलाई सुझाव दिइन्।
प्रतिक्रिया