ad ad

राजनीति


संसदमा कोराेनालाई लिएर दर्ता भयो जरुरी सार्वजनिक महत्वको प्रस्ताव, कसले के भने?

संसदमा कोराेनालाई लिएर दर्ता भयो जरुरी सार्वजनिक महत्वको प्रस्ताव, कसले के भने?

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ८:१,

संघीय प्रतिनिधिसभाको आजको बैठकमा विश्वव्यापी बनिरहेको कोरोना भाइरस संक्रमणबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको नियम ७१ बमोजिम आजको संसद बैठकमा प्रस्ताव दर्ता गरेका हुन्।

प्रस्तावमा ‘विश्व स्वास्थय संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरु सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोनाविरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नु पर्ने भएकोले’ भन्ने उल्लेख छ।

प्रस्तावलाई सांसदहरु सञ्जय कुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार केसी र डा. नारायण खड्काले समर्थन गरेका थिए।

सोही प्रस्तावबारे बोल्दै सांसद दिलेन्द्र प्रसाद बडुले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बहुराष्ट्रिय सहकार्यको आवश्यकता औँल्याएका छन्। प्रस्तावमाथि आफ्नो धारणा राख्दै बडुले कोरोना भाइरससँग लडन्का लागि नेपालले मात्रै चेकजाँच गरेर नहुने भएकाले बहुराष्ट्रिय सहकार्यको आवश्यकता औल्याएका हुन्।

नेपालबाट बाहिर जाँदा ती मुलुकहरुले चेक गर्ने भए पनि नेपाल आउनेलाई पनि सोही मुलुकबाट चेकजाँच गरी भाइरस फ्रि अवस्थाको सर्टिफिकेट जारी गर्ने गरी सहकार्य गर्नुपर्ने बताए। भारतसँगको खुला सिमाना र विमानस्थलमा विशेष सावधानी अपनाउन आग्रह गर्दै उनले स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर उनीहरुको मनोबल उच्च राख्नुपर्ने बताए।

उनले सरकारलाई विश्वसनीय तयारीमा जुट्न पनि आग्रह गरे। उनले भने, ‘उच्च मनोबलका साथ भरपर्दो, विश्वसनिय तयारीमा सरकार जुटोस्। जनतालाई आश्वस्त पार्ने गरी सरकार आफ्नो तयारीका साथ अगाडि बढोस्।’

नेपालमा अहिलेसम्म कुनै अप्रिय घटना नभएपनि विश्वस्वास्थ्य संगठनले संक्रमित मुलुकहरुमा नेपालीहरुको आवतजावत बढी हुने भएकाले उच्च जोखिमको क्षेत्रमा रोखेको बताए। अहिलेसम्म कुनै संक्रमण नदेखिएपनि संक्रमण भएको अवस्थामा के गर्ने, आइहाल्यो भने पूर्वतयारी गर्ने तर्फ सचेत रहने र तयारी हुने सुविधा अझै भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनले बताए।

सांसद नवराज सिलवालले औषधि उत्पादनको अवस्थातर्फ सरकारले ध्यान दिनुपर्ने बताए। संसारका मुलुकहरुले व्यापक रुपमा तयारी गरिहेको अवस्थामा नेपालले पनि त्यो ढंगले तयारी गर्नुपर्ने उल्लेख गर्दै उनले औषधि व्यवस्था विभागमा ३ सय ८४ उद्योग गर्दा भए पनि ८० प्रतिशत कच्च पदार्थ चीनबाट आउने भएकाले यसको विकल्पतर्फ सोच्न जरुरी रहेको बताए। इरानमा स्वस्थ्यमन्त्री लगायत १७ जना सांसदहरु नै संक्रमित रहेकोतर्फ सचेत गराउँदै सिलवालले अमेरिका लगायतका देशका यसको रोकथामका लागि विशेष कदम चालिरहको बताए।

सांसद खगराज अधिकारीले कोरोना भाइरस विरुद्ध नेपालले लड्न सक्ने क्षमता राख्छ भन्ने कुराको सन्देश दिन जरुरी रहेको बताए। जनतामा यसबारे अनावश्यक सन्त्रास फैलिएको उल्लेख गर्दै उनले सीमा क्षेत्रमा सावधानी अपनाउनुपर्ने, अस्पतालहरुको व्यवस्थापन तर्फ ध्यान दिनुपर्ने माग गरे।

जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि धारणा राख्दै सांसद भीम रावलले मुलुकभित्र प्रवेशका स्थानहरुमा परीक्षण र नियन्त्रणको गम्भीर व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । भारको राजस्थानमा कोरोना भाईरसको प्रभाव देखिएको र त्यहाँ नेपालको सुदुरपश्चिम क्षेत्रका नागरिक बढी रहेको भन्दै त्यस तर्फ ध्यान दिन पनि आग्रह गरे।

उनले अस्पताल र उपचारसेवाको पूर्वप्रबन्ध गर्न, भीडभाड हुने कार्यालयहरुमा सामान्य यन्त्रबाट परीक्षण गर्ने काम प्रारम्भ गर्न, आपुर्ति व्यवस्थामा जनतालाई आश्वस्त गर्न, सरसफाइको पूर्वप्रबन्ध मिलाउन सरकारालाई आग्रह गर्दै यस्ता प्रकारका महामारीसंग जुध्न सबैसँग साझेदारी गर्दै संकल्पका साथ अघि बढ्नुपर्ने बताए।

याे पनि: 
नेपाल आउँदा भाइरसमुक्त सर्टिफिकेट लिएर आउने व्यवस्था गरौंः सांसद बडु 
कोरोना भाइरस संक्रमण रोक्न भारतीय सीमामा विशेष निगरानी बढाउनुपर्छः नेता रावल 
कोरोना प्रकोपका नाममा कालो बजारी मौलायोः झाक्री

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .