ad ad

राजनीति


सुधार हुँदै प्रधानमन्त्रीको स्वास्थ्य, पिए कालो चिया

सुधार हुँदै प्रधानमन्त्रीको स्वास्थ्य, पिए कालो चिया

नेपालखबर
फागुन २२, २०७६ बिहिबार ६:७,

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ।

प्रधानमन्त्री ओलीको बुुधबार दोस्रोपटक मिर्गोला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले बिहीबार बिहान कालो चिया पिएको उपचारमा संलग्न डाक्टरहरुले बताएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनाकारी दिए।

बिहीबार बिहान प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुगेका उपप्रधानमनत्री पोखरेलले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको र बिहीबार बिहान कालो चियाए पिएको उपचारमा संलग्न डाक्टरहरुले जानकारी दिएको बताए। चिकित्सकहरुको भनाइ उदृत गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ। बिहान कालो चिया खुवाइएको छ।’

उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन रक्षामन्त्रीसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रधानसेनापति पूर्णचन्द्र थापालगायतका उच्च पदस्थ व्यक्तित्वहरु शिक्षण अस्पताल पुगेका छन्। प्रधानमन्त्री ओलीलाई भेट्न भने दिइएको छैन्।

 हाल प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ। उनको पछिल्लो स्वास्थ्यस्थतिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएको थिए। उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्। मिर्गौला दिने समीक्षाको अवस्था पनि सामान्य रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .