ad ad

राजनीति


प्रतिनिधिसभाको बैठक बस्दै

प्रधानमन्त्रीले मानवअधिकार आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
भदौ १३, २०८१ बिहिबार ८:१४, काठमाडौँ

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बिहीबार दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९-०८०’ पेस गर्ने कार्यसूची छ।

त्यसैगरी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले हवाई सुरक्षा सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछिन्।

आजको बैठकमा पनि सांसदहरुले शून्य, आकस्मिक र विशेष समयमा समसामयिक विषयमा आआफ्नो धारणा राख्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .