भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले महिलाहरुलाई देशका लागि ६ सन्तान जन्माइदिन आह्वान गरेका छन्।
महिलाहरुको स्वास्थ्य सेवासम्बन्धी सरकारी योजनाका बारेमा टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा उनले सम्बोधन गरेका थिए।
‘प्रत्येक महिलाले देशको भलाइका लागि ६ सन्तान जन्माउन जरुरी छ,’ उनले भने।
उनले एक महिलालाई भने, ‘६ सानासाना बच्चा र बच्चीलाई जन्म दिने जीवन ईश्वरले तिमीलाई प्रदान गरुन्!’
भेनेजुएला लामो समयदेखि ठूलो आर्थिक र राजनीतिक संकट झेलिरहेको छ।
सत्ता संघर्ष तिक्त बन्दै जाँदा मदुरोले कुर्सी छाडेका छैनन्। उनका विपक्षी हुवान ग्वाइदोले आफूलाई राष्ट्रपति घोषणा गरेका छन्। ग्वाइदोलाई अमेरिकालगायत पश्चिमा शक्तिले मान्यता दिएका छन्।
भेनेजुएलामा चर्को मुद्रास्फितिका कारण महंगी र खाद्यान्न अभाव पनि छ। एजेन्सी

प्रतिक्रिया