समाज


बलात्कार आरोपमा सुदूरपश्चिम प्रदेश सांसद पक्राउ

बलात्कार आरोपमा सुदूरपश्चिम प्रदेश सांसद पक्राउ

गोकुल जोशी
फागुन २१, २०७६ बुधबार १४:४०,

सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कल बहादुर रावल जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका छन्। अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट प्रदेश सभामा निर्वाचित सांसद रावल बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

नेपाल कम्युनिष्ट पार्टीका नेतासमेत रहेका रावललाई जबरजस्ती करणीको जाहेरीको आधारमा नियन्त्रणमा लिइएको कैलालीका प्रहरी प्रमुख एसपी सुदीप गिरीले जानकारी दिए। ‘महिलाको जाहेरीको आधारमा पक्राउ पुर्जी जारी भएको थियो, हामी खोजी गरिरहेका थियौं’ एसपी गिरिले नेपालखबरसँग भने, जाहेरीबारे थाहा पाएपछि उहाँ नै आउनुभएकाे हाे। हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छाैं।’

अछाम स्थायी घर भइ हाल धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडीमा डेरा गरी बस्ने २५ वर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।

माघ २१ गते बलात्कारको प्रयास गरेको भन्दै ति महिलाले फागुन १४ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएकी थिइन्। जाहेरी पछि फागुन १५ गते अदालतबाट प्रहरीले पक्राउ पुर्जी लिएको थियो। सांसद रावललाई पक्राउ गर्न अनुमति पाए पछि प्रहरीले उनको खोजी गरिरहेको थियो।

जाहरीबारे थाहा पाएपछि बुधवार सांसद रावल आफै प्रहरी कहाँ उपस्थित भएका थिए। प्रहरीसामु आफूमाथि लागेको जबरजस्ती करणीको आरोप गलत भएको सांसद रावलले बताएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad