ad ad

राजनीति


जसपा, नेपालले छान्यो पदाधिकारी (नामावली)

रकम चेम्जोङ सहअध्यक्ष बन्दा ५ जनालाई उपाध्यक्ष बनाइयो
जसपा, नेपालले छान्यो पदाधिकारी (नामावली)

फाइल तस्बिर


नेपालखबर
भदौ १०, २०८१ सोमबार १०:३५, काठमाडौँ

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पदाधिकारी चयन गरेको छ। 

जसपाले गएको जेठ २८, २९ र ३० गते जनकपुरमा पार्टीको महाधिवेशन गरेको थियो। तर, महाधिवेशनबाट अध्यक्ष उपेन्द्र यादवबाहेक अन्य पदाधिकारी छनोट भएका थिएनन्। 

महाधिवेशनकाे अढाइ महिनापछि जसपाले रकम चेमजोङलाई सहअध्यक्ष बनाएको छ भने राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर र विद्युत् बज्राचार्यलाई उपाध्यक्ष बनाएको छ। 

त्यसैगरी लालबहादुर राउत र रामकुमार शर्मा महासचिव चयन भएका छन्। प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादव उपमहासचिव चयन भएका जसपाले जनाएकाे छ। 

पार्टी प्रवक्तामा मनिष कुमार सुमन चयन भएका छन्। 

हेर्नुहाेस् सबै पदाधिकारीकाे नामावली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .