ad ad

राजनीति


तराई मधेश समृद्धि कार्यक्रममा संघीय मामिला मन्त्रालयबाट अनियमितता: प्रभु साह

तराई मधेश समृद्धि कार्यक्रममा संघीय मामिला मन्त्रालयबाट अनियमितता: प्रभु साह

नेपालखबर
फागुन २१, २०७६ बुधबार १०:१९,

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समन्वय गरिरहेको तराई मधेस समृद्धि कार्यक्रमका योजना छनौटमा व्यपाक अनियमितता र चलखेल भएको भन्दै नेकपा सांसद प्रभु साहले छानबिन एवं दोषी उपर कारवाही माग गरेका छन्।

‘तराई मधेसलाई समृद्ध बनाउने प्रधानमन्त्रीज्यूको विशेष सोचको उद्देश्य साथ बनाइएको हो’, साहले भनेका छन्, ‘कार्यक्रमको योजना छनौटसम्बन्धी व्यवस्था तराई मधेस समृद्ध कार्यक्रम सञ्चालन कार्यविधि २०७५ स्पष्ट गरेको छ। तर पैसाको चलखेल गर्ने मनसायका साथ काम अघि बढाइएको छ।’

योजना छनौट स्थानीय तह र जनप्रतिनिधिले माग गरेको योजना मध्येबाट गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ। मन्त्रालयले त्यसविपरित आफू खुशी योजना छनौट गर्ने कार्य भएको सांसद साहको भनाइ छ।
‘स्थानीय तहमा आवश्यकताको आधारमा समान ढंगले योजना छनौट गर्नुको सट्टा कुनै स्थानीय तह वडामा बढी र कुनैमा पूरै शून्य गरिएको छ’, साहले भने, ‘रकमको बाँडफाँड पनि चाटुकारको स्वार्थको आधारमा बिनियोजन भएको छ।’

सरकारको निर्धारित उद्देश्य र निर्धारित कार्यविपरित रहेका भन्दै सांसद साहले भनेका छन्, ‘सोबारे गम्भीर छानबिन र दोषीमाथि कारवाही हुनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .