राजनीति


खुस्बु ओलीले ह्यामबर्गमा जर्मन विकास मन्त्री भेटिन्

खुस्बु ओलीले ह्यामबर्गमा जर्मन विकास मन्त्री भेटिन्

खुस्बु ओली र जर्मनीका आर्थिक सहयोग तथा विकास हेर्ने रिमा अलाबाली राडोभान


नेपालखबर
असार १७, २०८३ बुधबार १३:२२, काठमाडौँ

दिगोपना सम्मेलनमा सहभागी हुन जर्मनीको ह्यामबर्ग पुगेकी राप्रपा सांसद खुस्बु ओलीले जर्मनीका आर्थिक सहयोग तथा विकास हेर्ने रिमा अलाबाली राडोभानसँग भेटवार्ता गरेकी छिन्।

नेपाल र जर्मनीबीचको सम्वाद र सहयोगलाई सुदृढ बनाउँदै भावी पुस्तका लागि महत्वपूर्ण विषयमा काम गर्न आफू इच्छुक रहेको उनले भनेकी छिन्।

सीमापार सम्बन्धको पुल निर्माण गर्ने र अझ बढी दिगो तथा सम्वृद्ध भविष्यका लागि मिलेर काम गर्ने दायित्व युवा नेताको काँधमा रहेको उनले बताइन्।

जर्मनकीको आर्थिक सहयोग तथा विकास मन्त्रालयले सम्मेलन आयोजना गरेको हो। वर्तमान र भावी पुस्तका लागि महत्वपूर्ण रहेका विषयमा नेपाल र जर्मनीबीचको संवादलाई अझ सुदृढ बनाउन आफू उत्सुक रहेको उनले उल्लेख गरेकी छिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad