एसीसी इस्र्टन रिजन टी–ट्वान्टी क्रिकेटबाट नेपाल एक खेल अगावै बाहिरिएको छ।
बुधबारको खेलमा सिंगापुरसँग हङकङ १६ रनले पराजित भएसँगै नेपालको एशिया कप छनोट खेल्ने सपना तुहिएको हो।
आजको खेलमा हङकङले सिंगापुरलाई हराएको भए नेपाल एसिया कपमा पुग्ने झिनो सम्भावना बाँकी हुन्थ्यो। तर, सिंगापुरको जितसँगै नेपालको एसियाकप छानौट खेल खेल्न सपना अधुरै रह्यो।
नेपाल पहिलो खेलमा मलेसियासँग २२ तथा दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो। आफ्नो तेस्रो खेलमा थाइल्यान्डलाई ९ विकेटले हराउँदै कीर्तिमानी जित निकाले पनि नेपाल शीर्ष २ मा रहन सकेन।
पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ६८ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन मात्र बनाउन सक्यो।
आफ्नो अन्तिम खेलमा नेपालले शीर्षस्थानको सिगांपुरको सामना गर्नेछ।
Shares
प्रतिक्रिया