ad ad

राजनीति


पौडेल पक्षको ठहरः क्रियाशील सदस्य प्रशिक्षण महाधिवेशन प्रभावित पार्न

पौडेल पक्षको ठहरः क्रियाशील सदस्य प्रशिक्षण महाधिवेशन प्रभावित पार्न

नेपालखबर
फागुन २१, २०७६ बुधबार ९:३३,

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले आगामि चैतमा अयोजना गर्न लागेको क्रियाशील सदस्य प्रशिक्षण कार्यक्रमको बहिष्कार गर्ने भएको छ।

कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बुधबार बसेको पौडेल पक्षको भेलाले १४ औं महाधिवेशन प्रभावित गर्नेगरी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको भन्दै बहिष्कार गर्ने निर्णय गरेको हो। भेलामा सहभागि नेता प्रकाशमान सिंहले म्याद थपेर सहमतिमा महाधिवेशन कार्यतालिका प्रकाशित गर्न सफल भएको अवस्थामा फेरि महाधिवेशनलाई प्रभावित पार्न प्रशिक्षण कार्यक्रम गर्न लागिएकोले बहिष्कार गर्न लागेको बताए।

उनले भने, ‘बल्लतल्ल सहमतिको आधारमा केन्द्रीय महाधिवेशनको कार्यतालिका हामीले प्रकाशित गर्न सफल भएका छौं र केन्द्रीय महाधिवेशन अब थप गरेको समयमा पनि फेरि हुने गरीकन अब हाम्रो ध्यान समग्ररुपमा के मा केन्द्रित हुन प-यो त भन्दा खेरी १४ औं महाधिवेशनलाई १ वर्षको म्याद थपिसकेपछि त्यो थपेको समयभित्र नै केन्द्रीय महाधिवेशन निष्पक्ष तवरले शान्तिपूर्ण, धाँधलीरहित तवरले एउटा लोकतान्त्रिक पार्टी भित्र एउटा स्वच्छ लोकतान्त्रिक अभ्यास मार्फत यो महाधिवेशन सम्पन्न गराउन पर्छ भन्ने कारणले गर्दा खेरीपनि आजको यो बैठकबाट के निचोड आयो भने यो केन्द्रीय महाधिवेशनलाई प्रभावित गर्ने खालको कार्यक्रम भएको कारणले गर्दाखेरी त्यसको बहिस्कार गर्ने भन्ने कुरा भएको छ।'

कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आगामि चैतमा पार्टी क्रियाशील सदस्यहरुलाई प्रशिक्षण दिने समय तोकेपछि पौडेल पक्ष असन्तुष्ट भएको हो। कांग्रेसले ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रबाट १० हजार क्रियाशील सदस्यलाई प्रशिक्षक प्रशिक्षण दिने तयारी गरेको हो। तर असन्तुष्ट पौडेल पक्षले भने केन्द्रीय महाधिवेशन नगराउने चलखेल भएको भन्दै बहिस्कार गर्ने निर्णय गरेको हो।

भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल सहित महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी र असन्तुष्ट केन्द्रीय सदस्यहरु तथा काठमाडौंमा उपलब्ध भएका जिल्ला सभापतिहरु र उपसभापतिहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .