प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ।
दोस्रो पटक मिर्गौलाको प्रत्यारोण गरिरहेका ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुधबारको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गरेको हो। बैठकले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोण कार्य सफलताका साथ सम्पन्न होस् भन्ने कामना समेत गरेको छ।
बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना पनि गरेको छ। सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार मिगौला प्रत्यरोपण गरिएको छ। ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो। यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।
प्रतिक्रिया