ad ad

राजनीति


बागमती प्रदेश परामर्श समितिको बैठक जारी, प्रचण्डले आजै जवाफ दिने

बागमती प्रदेश परामर्श समितिको बैठक जारी, प्रचण्डले आजै जवाफ दिने

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १२:१२, काठमाडौँ

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश परामर्श समितिका दोस्रो दिनको बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय, पपेरिसडाँडामा बुधबारदेखि सुरु भएको बैठक आजसम्म चल्ने बताइएको छ। 

बैठकमा नेताहरूले आ–आफ्नो धारणा राखिरहेका छन्। प्रत्येक सदस्यहरूलाई ५/५ मिनेटको समय दिइएको छ। 

बुधबारको बैठकमा ४१ जना सदस्यले धारणा राखेका थिए। १ सय २० सदस्यीय समितिमा बिहीबार बाँकीले धारणा राख्ने पार्टी केन्द्रीय कार्यालयका सचिव डोर प्रसाद उपाध्यायले जानकारी दिए। 

‘बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ,’ उनले नेपालखबरसँग भने, ‘आजै सदस्यहरूले उठाउनुभएका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिनुहुनेछ।’

बुधबारको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिबारे सुरुमै चर्चा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .