सेयरधनीले खरिद नगरेपछि समता घरेलु लघुवित्तको संस्थापक सेयर दोस्रो पटक बिक्रीमा राखिएको छ। लघुवित्तले २० हजार संस्थापक सेयर बिक्रीमा राखेको हो।
लघुवित्तले कुल ६४ हजार ९ सय १९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो।
जसमध्ये ४४ हजार ९ सय १९ कित्ता सेयर मात्रै सेयरधनीले खरिद गरेका थिए। खरिद नभएको बाँकी २० हजार कित्ता सेयर लघुवित्तले बिक्रीमा राखेको हो।
लघुवित्तले सर्वसाधरणले समते खरिद गर्न सक्नेगरी सात दिन भित्र आवेदन माग गरेको छ। इच्छुक लगानीकर्ताले सात दिन भित्र लघुवित्तको केन्द्रिय कार्यलय बनेपामा सेयर कित्ता तथा दरभाउ सहित आवेदन पेस गर्नुपर्नेछ।
237
Shares

प्रतिक्रिया