ad ad

राजनीति


सुरक्षित र व्यवस्थित सहर बनाउन काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ उपत्यकाका नदी सुधार र ढल व्यवस्थापनमा केही समयपछि नतिजा देखिने दाबी
सुरक्षित र व्यवस्थित सहर बनाउन काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह

नेपालखबर
भदौ ४, २०८१ मंगलबार ११:४५, काठमाडौँ

उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले काम गरिरहेको बताएका छन्।

मंगलबार काठमाडौँ क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।

उनले मन्त्रालयले सहरी विकास र पूर्वाधार निर्माणको काम सहर र ग्रामीण क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर गर्ने पनि बताए। 

उपत्यकाका बागमती, विष्णुमतीलगायत नदीमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेको जानकारी दिँदै उनले नतिजा देखिन केही समय लाग्ने दाबी गरे। 

जसरी चलिरहेको छ त्यसैगरी चलाऊँ भनेर हुँदैन। सुधारका लागि  काम गर्न प्रयास गरिरहेको छु। त्यसमा केही समय लाग्छ, उनले भने, संविधानले दिएको अधिकारलाई आवश्यक कानुन बनाएर  कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनको महसुस गराउन सक्नुपर्छ।

अहिलेको सरकारलाई काम नगर्ने छुट नभएको उल्लेख गर्दै उनले सरकारले जनतामा आशा जगाउने गरी काम गरिने दाबी गरे।

देशभर सुरक्षित र व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले काम गरिरहेको उपप्रधानमन्त्री सिंहको भनाइ छ। 

काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति सहरी विकास मन्त्रालयअन्तर्गत रहेको भन्दै उनले राजधानीलाई व्यवस्थित बनाउन र उपत्यकाका नदी प्रणााली सुधार्ने काम प्राथमिताका साथ अघि बढिरहेको जिकिर गरे।

उपप्रधानमन्त्री सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न आह्वान पनि गरे।

जनताले चुनेका व्यक्ति नै राज्य सञ्चालनको तहमा पुगेको उल्लेख गर्दै उनले आग्रह गरे, ‘राम्रा विचारहरू, आइडियाहरू, नदीनालाहरूको सुधार गर्नेदेखि लिएर काठमाडौँ उपत्यकाको प्रदूषित वातावरण सुधार के गर्दाखेरि हुन्छ भन्ने कुरामा कुनै त्यस्तो सुझाव छ भने दिनुहोला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .