ad ad

राजनीति


मुकुल ढकालले रास्वपालाई बुझाए स्पष्टीकरण

रवि लामिछानेलाई नै लगाए विभिन्न आरोप, सोधे यस्ता प्रश्न
मुकुल ढकालले रास्वपालाई बुझाए स्पष्टीकरण

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार ११:१२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वमहामन्त्री (हाल निलम्बित) मुकुल ढकालले पार्टीले सोधेको स्पष्टीकरणको जबाफ दिएका छन्।

रास्वपाले गएको बुधबार ढकाललाई स्पष्टीकरण सोधेको थियो। जसमा उनलाई २४ घण्टाभित्र जबाफ दिन भनिएको थियो।

ढकालले बिहीबार पार्टीलाई बुझाएको ३ बुँदे स्पष्टीकरणमा पार्टी सभापति रवि लामिछानेमाथि नै विभिन्न आरोपहरु लगाइएको छ।

‘तपाईं रवि लामिछाने, पार्टी सभापतिलाई सम्बोधन गरी ममाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु तपाईं रवि लामिछानेले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरंकुश शासन चलाइरहेको स्पष्ट हुन्छ,’ ढकालले स्पष्टीकरणमा भनेका छन्, ‘मैले आजसम्म तपाईंलाई होस् वा अन्य कुनै पनि नेतालाई झूटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन्। तपाईंले ममाथि स्पष्टीकरण सोध्नुअघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ। नैतिक रूपले पतीत हुनु भएको छैन भने प्रश्नहरूको जबाफ दिन अनुरोध गर्दछु।’ 

ढकालले सहकारी ठगी मुद्दामा लामिछानेमाथि पार्टीबाटै स्वतन्त्र छानबिन समिति किन गठन नहुने भन्दै प्रश्न गरेका छन्। 

‘म स्वयम्ले पनि तपाईंको ढाँटलाई सत्य मानेर बसिरहेको थिएँ। तर २० असार २०८१ मा न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईंमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ। सर्वोच्च अदालतको फैसलालाई तपाईं मान्ने कि नमान्ने? फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने?,’ उनले लामिछानेलाई प्रश्न गरेका छन्।

हेर्नुहोस् मकुल ढकालको स्पष्टीकरण 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .