कारोबार


वाणिज्य बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, कसको कति?

निक्षेपमा धेरै ब्याज दिनेमा एनएमबी र एनआईसी एसिया अगाडि
वाणिज्य बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, कसको कति?

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार ११:२५, काठमाडौँ

वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

साउनको तुलनामा भदौमा ११ वाणिज्य बैंकले ब्याजदर सामान्य घटाएका छन्। बैंकहरूले औसतमा ०.२१ प्रतिशतले ब्याज घटाएका छन्।

तरलताा अधिक भइरहेको अवस्थामा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर क्रमश: कम गर्न थालेका हुन्।

साउनको तुलनामा भदौमा संस्थागततर्फ नेपाल बैंकले ०.२५ प्रतिशत, एभरेस्ट बैंकले ०.२ प्रतिशत, प्रभु बैंकले ०.९ प्रतिशत, सानिमा बैंकले ०.०५ प्रतिशत निक्षेपको ब्याजदर घटाएका हुन्।

यस्तै सिद्धार्थ बैंकले ०.७५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट बैंकले ०.५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.७५ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकले ०.२५ प्रतिशत, हिमालयन बैंकले ०.५ प्रतिशत, एनएमबी बैंकले ०.१२ प्रतिशत र एनआईसी एसिया बैंकले ०.१२ प्रतिशत ब्याजदर घटाएका हुन्।

यसैगरी प्राइम कमर्सियल बैंकले ०.२५ प्रतिशत ब्याजदर बढाउँदा अन्य ८ बैंकले भने घटबढ गरेका छैनन्।

कुन बैंकको ब्याजदर कति?
भदौका लागि नेपाल बैंकले व्यक्तिगततर्फ ५.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत कायम गरेको छ।

यस्तै कृषि विकास बैंकले व्यक्तिगततर्फ ६.०६५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत कायम गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकले भने व्यक्तिगततर्फ ६.०७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज कायम गरेको छ।

यस्तै एभरेस्ट बैंकले भने व्यक्तिगततर्फ ६.१ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ। 

प्रभु बैंकले व्यक्तिगततर्फ ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर कायम गर्दा सानिमा बैंकले व्यक्तिगततर्फ ६.२ प्रतिशत र संस्थागततर्फ ४.९ प्रतिशत ब्याजदर कायम गरेको छ। 

यसैगरी नेपाल एफबीआई बैंकले व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याजदर र संस्थागततर्फ भने ५.२५ कायम गरेको छ।

ग्लोबल आईएमई बैंक र लक्ष्मी सनराइज बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

यस्तै सिटिजन्स बैंकले भने व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थगततर्फ ५ प्रतिशत ब्याजदर राख्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले संस्थागततर्फ ६.५ र व्यक्तिगततर्फ ५.५५ प्रतिशत ब्याजदर कायम गरेको छ। 

यसैगरी प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ ६.७५ प्रतिशत र व्यक्तिगततर्फ ४.७५ प्रतिशत ब्याजदर कायम गर्दा स्टान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगतर्फ ७ र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर कायम गरेको छ। 

नबिल बैंकले भने व्यक्तिगततर्फ ७ प्रतिशत संस्थागततर्फ ४.५ प्रतिशत तोक्दा हिमालयन बैंकले व्यक्तितगतर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ। 

यसैगरी एनएमबी बैंक र एनआईसी बैंकको ब्याजदर भने अन्यले भन्दा बढी ब्याजदर तोकेका छन्। 

साउन महिनाको तुलनामा ०.१२ प्रतिशत ब्याजदर घटाए पनि यी बैंकले भदौमा व्यक्तिगततर्फ ७.४१ प्रतिशत र संस्थागततर्फ भने ६.४१ प्रतिशत ब्याज कायम गरेका  हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad