ad ad

राजनीति


मोदीलाई व्यंग्य: टिकटकमा तपाईंको धेरै सम्भावना छ

मोदीलाई व्यंग्य: टिकटकमा तपाईंको धेरै सम्भावना छ

नेपालखबर
फागुन २०, २०७६ मंगलबार ११:६,

सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल त्याग्ने घोषणा गरेलगत्तै यसबारे अनेक टिकाटिप्पणी भए। 

मंगलबार उनले पुनः ट्विट गरेर सामाजिक सञ्जालमा रहेको आफ्ना एकाउन्ट त्यस्ता महिलालाई हस्तान्तरण गर्ने स्पष्ट पारे, जसको जीवन र कामले सबैलाई प्रेरित गरोस्।

तर, त्यसअघि नै मोदीले किन सामाजिक सञ्जाल त्याग्न लागे भन्ने विषयमा अनेकौँ अनुमान गरियो।

सोमबारको उनको घोषणा लगत्तै ह्यासट्याग मोदी क्विट्स सोसल मिडिया ट्रेन्ड हुन थाल्यो।

कसैले सामाजिक सञ्जालमा विपक्षीहरु बलियो भएकाले मोदी डराएको टिप्पणी गरे।

कतिले यसलाई सामाजिक सञ्जालको ‘नोटबन्दी’ का रुपमा अर्थ्याए।

उनका समर्थकहरुले भने सामाजिक सञ्जाल नछोड्न विन्तीभाउ पनि गरे।

एक व्यक्तिले लेखेका छन्- ‘कृपया सर, आफ्नो फ्यानका लागि पनि तपाईंले सामाजिक सञ्जाल छाड्नु हुँदैन।’

‘मोदीजी तपाईंले सामाजिक सञ्जाल छोड्नुभयो भने विपक्षीले यसलाई तपाईं र राष्ट्रविरुद्ध प्रयोग गर्नेछन्,’ अर्का व्यक्तिले लेखेका छन्।

तत्कालै ह्यासट्याग आइ विल अल्सो लिभ द ट्विटर पनि ट्रेन्डिङमा आयो।

‘डिजिटल संसारमा शान्ति ल्याएकोमा मोदीजीलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्छ,’ एक जनाले मजाकमा लेखेका छन्।

‘ठिक छ। त्यसपछि टिकटकमा अकाउन्ट बनाउनुस्, त्यहाँ तपाईंको राम्रो सम्भावना छ,’ अर्काले लेखेका छन्।

विपक्षी नेताहरुले पनि यसलाई लिएर मोदीमाथि निसाना लगाएका छन्।

कंग्रेस नेता राहुल गान्धीले उनलाई सामाजिक सञ्जाल होइन, घृणा त्याग्न सुझाव दिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपछि सबैभन्दा बढी फलोअर्स भएका नेता हुन् मोदी। उनको ट्विटरमा ५ करोड ४० लाख, इन्स्टाग्राममा साढे तीन करोड र फेसबुकमा चार करोड ४० लाख फलोअर्स छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .