ad ad

राजनीति


पार्टी फुट्छ भन्नु निराधार : रावल

पार्टी फुट्छ भन्नु निराधार :  रावल

नेपालखबर
फागुन १७, २०७६ शनिबार ९:३१,

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताएका छन्।

धनगढीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेता रावलले उनले पार्टीभित्रको बहसमा फरक विचार आउनु स्वभाविक भएकाले त्यसले पार्टी फुट्छ भन्नु निराधार भएको बताए।

उनले कार्यकर्ताले निराश हुनुभन्दा ठीक बेठीक छुट्याएर अघि बढ्नुपर्ने उल्लेख गर्दैै विधान र पद्धतिअनुसार चल्नुपर्नेमा जोड दिए।

एक अर्को प्रसंगमा नेता रावलले एमसीसीमा जनताको चासो बढेकामा खुशी व्यक्त गरे।

उनले एमसीसीबारे तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिन पार्टीले गठन गरेको कार्यदलको सुझावपछि पार्टीले आधिकारिक धारणा बनाउन थालेको र सो धारणा केही दिनभित्रै आउने बताए।

उनले राष्ट्रियसभा सदस्यबारे पार्टीको बैठकले गरेको निर्णय सबैले मान्नुपर्ने बताए। केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय सबैले मान्नुपर्ने पार्टीको विधानमा रहेको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .