ad ad

राजनीति


जो सुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्छौँ : प्रधानमन्त्री ओली

जो सुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्छौँ : प्रधानमन्त्री ओली

तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन ६, २०८१ आइतबार १४:२१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले जो सुकै भएपनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने बताएका छन्। 

आइतबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा एमाले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

‘ढुक्क भए हुन्छ, कुनै कालखण्डमा भएका भ्रष्टाचार र भ्रष्टाचारी उपर कानुनी कारबाही अघि बढाउँछौँ,’ ओलीले अघि भने, ‘सहकारी पीडितका सन्दर्भमा उचित निर्णय लिनेछौँ। जो सुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्छौँ। सुशासनका लागि स्टन्ट होइन, सही इन्टेन्सन चाहिन्छ।’

साथै, उनले सरकारले आफू अग्लो हुन अरुलाई होचो बनाउने काम नगर्ने दाबी गरे। 

‘यो सरकारले आफू अग्लो हुन अरुलाई होचो बनाउने काम गर्दैन। आफू गोरो हुन अरुलाई हिलो छ्याप्ने काम पनि गर्दैन,’ ओलीले भने। 

सार्वजनिक सेवा प्रवाहको गुणस्तरलाई बढाउने उनले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .