ad ad

राजनीति


मधेस सरकारको समर्थन फिर्ताबारे छलफल गर्न कांग्रेस बैठक

मधेस सरकारको समर्थन फिर्ताबारे छलफल गर्न कांग्रेस बैठक

नेपालखबर
साउन ३, २०८१ बिहिबार १४:२८, काठमाडौँ

नेपाली कांग्रेसले अर्थ मन्त्रालय नपाउने भएपछि मधेस सरकारलाई दिएको सर्मथन फिर्ता लिनेबारे निर्णय गर्न संसदीय दलको बैठक जारी छ।

जारी संसदीय दलको बैठकबाट सरकारलाइ दिएको समर्थन फिर्ता लिने/नलिनेबारे निर्णय कांग्रेसले गर्न लागेको हो। 

कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले अहिलेसम्म सहमतिअनुसार नै अघि बढ्ने गरी बसेको भएपनि अब भने संस्दीय दलमा बहुमतले गरेको निर्णयलाई मानेर अघि बढ्ने बताए। 

संसदीय दलका नेता कृष्ण यादवले भने, ‘अहिले हामी बसिरहेका छौँ, बहुमतको निर्णय जे हुन्छ त्यसै आधारमा निर्णय लिनेछौँ।’

सरकारलाई दिइएको समर्थन फिर्ता हुने सम्भावना कति छ? भन्ने प्रश्नमा राजनीतिमा सम्भावना बाहेक अरु केही पनि नहुने बताउँदै बैठकले थप निर्णय लिनसक्ने बताए। 

बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णयमा पुगे कांग्रेस नयाँ समीकरणमा सरकार बनाउन प्रयास गर्नेगरी तयारी समेत गर्न लागेको एक प्रदेस सभा सदस्यले जानकारी दिए।

कांग्रेस संसदीय दलका नेता कृष्ण यादव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .