ad ad

राजनीति


फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ : उपप्रधानमन्त्री पौडेल

फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ : उपप्रधानमन्त्री पौडेल

नेपालखबर
साउन ३, २०८१ बिहिबार १४:४०, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरू फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताएका छन्।

बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा उनले आफूहरु सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने र प्रधानमन्त्रीको सूचीमा अर्को फोटो टाँस्नका लागि मात्रै सरकारमा सहभागी नबनेको जिकिर गरे। 

अहिले देश साँच्चै नै अफ्ठ्यारो स्थितिमा रहेको बताउँदै उनले अहिलेको देशको स्थितिलाई महसुस गरी त्यसबाट मुक्ति दिलाउन सरकारमा आएको बताए। 

‘हामी सरकारको सूचिमा अर्को एउटा सरकार बनाउने, प्रधानमन्त्रीको सूचिमा तीन पटक फोटो टाँसेको हुनाले चौथो पटक फोटो टाँस्न जाने, हाम्रो अहिलेको सम्माननीय प्रधानमन्त्रीजी चौथो चोटी फोटो टाँसेर भूतपूर्व प्रधानमन्त्री बन्न आइरहनुभएको होइन। अहिले हामीले के महशुस गरेका छौँ भने देश साँच्चै अफ्ठ्यारो स्थितिमा छ। यो स्थितिको सामना कसरी गर्ने? हेरेर बस्ने की समाधानका लागि अघि बढ्ने भन्दा हामी अघि बढ्ने सोचेर आयौँ,’ पौडेलले भने। 

मुख्य दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाउन नहुने तर्कका बीचमा पनि अहिले दुई ठूला राजनीतिक दल मिलेर नगए सबै क्षेत्रमा टुटेको मनोबल उठाउन कठिन हुने स्थितिका कारण दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताए।

‘तर्क छन् नि मुख्य ठूला पार्टी मिलेर सरकार बनाउनु हुँदैन, त्यसो गर्दा प्रतिपक्ष कमजोर हुन्छ, सरकार स्वेच्छाचारी हुन्छ, लोकतन्त्र कमजोर हुन्छ, निरंकुशता बढ्छ आदी। हामी मेजर पार्टीहरू बेलाबेलामा मिलेका छौँ र बेला बेलामा प्रतिस्पर्धा गरेका छौँ। सँगै सरकार र सरकार र प्रतिपक्ष भएर बसेका छौँ। अहिले परिस्थितिले के माग गरेको छ भने मेजर पार्टी नमिले टुटेको मनोबल उठाउनै गाह्रो हुन्छ भनेर मिलेका छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .