ad ad

राजनीति


संविधान संशोधनबारे जनार्दनको प्रश्न– कार्यान्वयनलाई ओझेल पार्न किन हल्ला गरिँदैछ?

संविधान संशोधनबारे जनार्दनको प्रश्न– कार्यान्वयनलाई ओझेल पार्न किन हल्ला गरिँदैछ?

नेपालखबर
असार २७, २०८१ बिहिबार २३:१६, काठमाडौँ

नेकपा एमाले र नेपाली कांग्रेसबीच संविधान संशोधनको एजेन्डासहित सत्ता सहकार्यको समझदारी भएपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले त्यसबारे टिप्पणी गरेका छन्। 

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत संविधान संशोधनबारे उनले प्रश्न गरेका छन्।

‘संविधान कार्यान्वयनको कामलाई ओझेल पार्न संविधान संशोधनको हल्ला किन गरिँदैछ?’ शर्माको प्रश्न छ।

कांग्रेस र एमालेले गत असार १७ गते गरेको समझदारीमा राष्ट्रिय सहमतिसहितको सरकार बनाउने र संविधानका आवश्यक विषयहरू संशोधन गर्ने विषय उल्लेख गरिएको नेताहरूले बताएका छन्। 

यद्यपि, उक्त समझदारीपत्र भने उनीहरूले सार्वजनिक गरेका छैनन्।

शुक्रबार माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाचौँ पटक सदनबाट विश्वासको मत लिँदैछन्। 

कांग्रेस र एमाले दुवैको समर्थन नहुने भएपछि प्रचण्डले बहुमत गुमाउनेछन्। 

यस्तो अवस्थामा राष्ट्रपतिले धारा ७६ को (२) वा (३) कुन अनुसार सरकार बनाउने भन्ने राष्ट्रपतिकै भरमा भएको प्रचण्डले पार्टीमा ब्रिफिङ गरेका थिए।

पार्टीमा उनले आफू कानुनी परामर्शमा रहेको पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .