ad ad

राजनीति


शेखर कोइरालाको प्रस्टोक्ति- अब बन्ने सरकार ७६(२) कै हुन्छ

शेखर कोइरालाको प्रस्टोक्ति- अब बन्ने सरकार ७६(२) कै हुन्छ

नेपालखबर
असार २५, २०८१ मंगलबार १८:१९, काठमाडौँ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने बताएका छन्। यसबारे आफूले बोलेका कुरा पनि बंग्याइएको उनको भनाइ छ।

‘मिडियाहरूमा आइरहेको छ, संविधानको धारा ७६ को २ अनुसार सरकार हुन्छ कि ३ अनुसार भन्ने। म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु- यसमा अलमल हुने काम छैन, अब बन्ने सरकार ७६ (२) कै हुन्छ,’ ठमाडौंको जोरपाटीमा मंगलबार खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रममा कोइरालाले भने, ‘यहाँ धेरै मिडियाहरूले मजा लागेको वा के हो मैले बुझ्न सकेको छैन, तर अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसारकै हुन्छ भन्ने कुरा तपाईंहरूको माझमा राख्न चाहन्छु,’ काठमाडौंको जोरपाटीमा मंगलबार भएको खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रममा कोइरालाले भने।

संविधानको धारा ७६ को उपधारा २ मा दुई वा बढी दल मिलेर बहुमतको सरकार गठन गर्ने व्यवस्था छ भने उपधारा ३ मा संसदको ठूलो दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने प्रावधान छ।

कांग्रेस र एमालेले केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेका छन्। उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राजीनामा दिन पनि भनेका छन्। तर, संसदको सबैभन्दा ठूलो नेपाली कांग्रेसका संसदीय दलका नेता भने शेरबहादुर देउवा छन्।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत माग्ने गरी संसद सचिवालयमा पत्राचार गरेका छन्।

नेकपा माओवादी केन्द्रका नेताहरूले ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले संसदबाट विश्वास मत प्राप्त गर्न नसके उपधारा ३ अनुसार सरकार गठन हुने दाबी गरिरहेका छन्।

कोइरालाले आफूले धारा ७६ (३) को सरकार नखोजेको पनि बताएका छन्।

‘मैले अस्ति केही कुरा गरेको थिएँ। त्यसलाई बंग्याएर शेखर त ७६ (३) को सरकार खोजिराखेको हो कि भन्ने आभास तपाईंहरूलाई पनि भयो,’ उनले भने, ‘मैले सात/आठ महिनादेखि भनिरहेको थिएँ, स्थिरता दिनुपर्छ। तर कसैले विश्वास गरिरहेको थिएन। कांग्रेस र एमालेले ७६ को २ अनुसारकै सरकारमा जान्छ र राजनीतिक स्थायित्व दिन्छ, सँगसँगै सुशासन र संविधानमा भएका कमीकमजोरीलाई सुधारेर अघि बढ्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .