ad ad

राजनीति


राष्ट्रिय सहमतिविना संविधान संशोधन सम्भव छैन : गुरुङ

राष्ट्रिय सहमतिविना संविधान संशोधन सम्भव छैन : गुरुङ

नेपालखबर
फागुन १५, २०७६ बिहिबार ८:५३,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले संविधान संशोधनको आवश्यकता भए पनि राष्ट्रिय सहमतिविना सम्भव नभएको बताएका छन्।

बिहीबार संवाद डबलीमा भएको साक्षत्कारमा नेता गुरुङले अहिलेको संविधानमा धेरै परिमार्जन गर्नुपर्ने विषय भएपनि राष्ट्रिय सहमति नबन्दासम्म संम्भव नभएको बताएका हुन्। उनले संविधान सम्झौताको दस्तावेज भएको उल्लेख गर्दै राष्ट्रिय सहमति जुटेको खण्डमा संशोधन गर्न सकिने तर सहमति नभए संशोधन नै गर्न नसकिने बताए।

संविधान संशोधनका लािग नेकपा सचिवालयले कार्यदल नै गठन गरेको थियो। तर, पार्टीभित्र र बाहिरबाट यसको विरोध भएपछि भंग गरिएको थियो। राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संशोधन गर्न खोजिएको भन्दै विरोध भएको थियो।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्याजेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा कार्यदलको सुझाव अनुसार नै सचिवालयले निर्णय गर्ने उनले बताए। पार्टीको स्थायी समिति बैठक र केन्द्रीय समिति बैठकमा उठेका कुराहरु समेटेर कार्यदलले अध्ययन गरेको र सुझाव पेश भएको उनले बताए। राष्ट्रिय हित अनुकूल बनाएर एमसीसी सम्झौता सचिवालयबाट पारित हुनेमा आफू विश्वस्त रहेको उनले बताए।

एमसीसीका विषयमा नेकपाभित्र र बाहिर विवाद बढ्दै गएपछि अध्ययनका लागि कार्यदल बनेको थियो। अध्ययन कार्यदलले आफ्नो सुझाव सहितको प्रतिवेदन पेश गरिसकेको छ। अब नेकपा सचिवालयले निर्णय गरेपछि संसदबाट पारित गर्ने÷नगर्ने विषय टुंगो लाग्नेछ। एमसीसीमा रहेका कतिपय बुँदाहरु राष्ट्रिय हित विपरित भएको भन्दै विरोध हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .