ad ad

कारोबार


सुबिसुले ब्याकबोनमा थप्यो २० करोड लगानी

सुबिसुले ब्याकबोनमा थप्यो २० करोड लगानी

नेपालखबर
फागुन १५, २०७६ बिहिबार ८:५१,

सुबिसु केबल नेटले ग्राहकको संख्या वृद्धि भएपछि इन्टरनेट अप्टिकल फाइबर ‘ब्याकबोन’को क्षमता विस्तार गरेको छ।

२० करोड रुपैयाँ लगानी थप गरेर ब्याकबोन क्षमता ‘अपग्रेड’ गरेको सुबिसुले जनाएको छ।

विश्वस्तरको कम्पनी नोकियाको सामान प्रयोग गरेर अप्टिकल फाइबर ब्याकबोन ‘अपग्रेड’ गरेको सुबिसुका अध्यक्ष सुधिर पराजुलीले बताए।

‘अहिले चलिरहेको ब्याकबोनले नयाँ ग्राहकको मागलाई धान्न नसक्ने भएको थियोे’, पराजुलीले नेपालखबरसँग कुरा गर्दै भने, ‘यो अपग्रेडसँगै कम्तीमा आगामी पाँच वर्षको लागि काम गर्नेछ।’

अहिले चलिरहेको ब्याकबोनले नपुग्ने भएपछि १०० जी पुर्‍याइएको पराजुलीले बताए। यसलाई २०० जीसम्म प्रयोग गर्न सकिने र आवश्यकताअनुसार थप विस्तार गर्न सकिनेछ।

‘अहिलेको ब्याकबोनमा कार्ड थप्दै ४ हजार ५ सय जीसम्म पुर्‍याउन सकिने भएको छ’, पराजुलीले भने।

मुलुकभर विस्तार गरेका अप्टिकल भाइबरको ब्याकबोनको क्षमता विस्तार गरेको छ। उसले नोकियाको सामान प्रयोग गरेर ब्याकबोनलाई अपग्रेड गरेको हो।

अप्टिकल फाइबर ब्याकबोनको सामानको लागि नोकिया एक उत्कृष्ट कम्पनीको रुपमा मानिन्छ।

उसको सामान प्रयोग गरेर एक महिनामा उक्त अपग्रेडिङको काम सकिएको पराजुलीले बताए।

मुलुकभर इन्टरनेट प्रयोगकर्ता बढिरहेको छन्। सबै कम्पनीले आफ्नो क्षमता बिस्तार गर्नुपर्ने अवस्था छ।

ग्राहकले पनि पहिलेको भन्दा धेरै व्यान्डविथको माग गरिरहेकाले ब्याकबोन क्षमताले नपुग्ने अवस्था आएको छ।

विस्तार गरेको ब्याकबोनले भविष्यलाई सहयोग हुने र आगामी पाँच वर्षलाई ढुक्क हुने उनको भनाइ छ।

सुविसुले हाल मुलुकका ७३ जिल्लामा आफ्नो इन्टरनेट सुेवा विस्तार गरेको जनाएको छ।

उसले दुई कम्पनी मार्फता इन्टरनेट र केबल टेलिभिजनको सेवा उपलब्ध गराइरहेको छ।

बजार हिस्सालाई हेर्दा ३३÷३४ प्रतिशत ओगटेको पराजुलीले बताए।

केही समयअघि बालुवाटारमा रहेको कार्यालयमा आगलागी हुदा झन्डै ४५ लाख रुपैया बराबरको सामान नष्ट भएको थियो।

उक्त आगलागी भएपछि उक्त सम्पुर्ण सामान रिकभरी भइसकेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .