ad ad

राजनीति


बालेनलाई अप्ठ्यारो पार्ने काम भएको छ : ज्ञानेन्द्र शाही (भिडिओ)

बालेनलाई अप्ठ्यारो पार्ने काम भएको छ : ज्ञानेन्द्र शाही (भिडिओ)

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८१ सोमबार १३:४९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजनीतिक दलका शीर्ष नेताहरूको निर्देशनका कारण काठमाडौँ महानगरपालिकाको बजेट आउन नसकेको बताएका छन्। 

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले काठमाडौँ महानगरपालिकाका प्रतिनिधिलाई दलका शीर्ष नेताहरुले फोन गरी कार्यपालिका बैठकमा विरोध प्रदर्शन गर्न लगाएका बताए। 

‘एउटा वडाध्यक्षलाई दलको शीर्षस्थ नेताले फोन गरेर आदेश दिएर त्यहाँ विरोध प्रदर्शन भइराखेको छ। संसद हो यहाँ दलको आवश्यकता छ, दलिय राजनीति गरौँ। तर स्थानीय तहमा अब दलविहिन राजनीतिको आवश्यकता छ। काठमाडौँ महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको छ। त्यहाँका जनप्रतिनिधिहरुलाई जनताले स्थानीय वडाध्यक्ष चुनाएका हुन् कि कुनै दलको कार्यकर्तालाई चुनाएका हुन्?,’ उनले भने, ‘हामी सबैले के बुझ्न आवश्यक छ भने यदि साँच्चै देश विकास गर्ने हो, साँच्चै लोकतन्त्र आएको हो भने जनताबाट निर्वाचित मान्छेहरुलाई स्वतन्त्र छोडिदिउँ।’

दलहरूको राजनीतिको कारण काठमाडौँ महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको बताउँदै उनले दलका नेताहरुले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई अपm्ठ्यारो पार्ने काम गरिरहेका भन्दै त्यसो गर्नु नहुने पनि बताए। 

‘आज काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले स्वतन्त्र चुनाव जितेकै कारणले उनलाई कसरी असफल बनाउने, उनलाई कसरी अप्ठ्यारो पार्ने, कुन नेताको घरमा हाजिर लगाएर त्यहाँका कार्यपालिका सदस्यहरुलाई नारा जुलुस गरेर आज देशलाई अस्तव्यस्त पार्ने काम गरिएको छ। यो अस्तव्यस्त पार्ने काम बन्द गरियोस्। र स्थानीय तहमा दलविहिन राजनीति होस्,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .