राजनीति


ट्रम्पले भारतमा भनेः म चुनाव हारेँ भने अर्थतन्त्र ध्वस्त हुन्छ

ट्रम्पले भारतमा भनेः म चुनाव हारेँ भने अर्थतन्त्र ध्वस्त हुन्छ

नेपालखबर
फागुन १३, २०७६ मंगलबार १०:४९,

दुई दिने भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतीय निर्वाचनमा आफू हारे अमेरिकी अर्थतन्त्र ध्वस्त हुने बताएका छन्।

दिल्लीमा व्यवसायी तथा सीईओहरुसँग अन्तक्र्रिया गर्दै उनले यस्तो बताएका हुन्।

अन्तक्र्रियामा उनलाई सोधिएको थियो– तपाईं हार्नुभयो भने बजार के हुन्छ?

‘बजार ध्वस्त हुन्छ,’ उनले भने, ‘मैले जितेँ भने बजार बढ्छ।’

उनले डेमोक्रेटिक उम्मेदवारहरु कट्टरपन्थी भएको आरोप लगाए।

आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुँदैछ। डेमेक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने दौडमा वामपन्थी बर्नी स्यान्डर्स सबैभन्दा अगाडि देखिएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad