अमेरिकी गुप्तचरहरुले विकिलिक्स संस्थापक जुलियन असान्जको अपहरण तथा विष प्रयोग गरी हत्या गर्ने र त्यसलाई दुर्घटनाजस्तो देखाउने षड्यन्त्र रचेको आरोप उनका वकिलले लगाएका छन्।
सोमबारबाट बेलायती अदालतमा सुरु भएको उनको सुनुवाइमा उनका वकिल एडवार्ड फित्जेराल्डले स्पेनी निजी जासुस प्रयोग गरेर असान्जको हत्याको जाल बुनिएको बताए।
४८ वर्षे असान्जलाई बेलायत सरकारले इक्वेडरको दूतावासबाट गिरफ्तार गरी जेलमा राखेको छ। अमेरिकामा उनीमाथि १८ वटा आरोप लगाइएको छ।
उनको सुपुर्दगीका लागि अहिले बेलायतमा सुनुवाइ भइरहेको छ। एजेन्सी
यो पनि:
यातनाका कारण जुलियन असान्ज जेलमै मारिन सक्ने चिकित्सकहरुको चेतावनी

प्रतिक्रिया