ad ad

राजनीति


प्रदेश तेस्रो तहका नेताहरूको पार्किङ स्थल बन्यो : गृहमन्त्री

प्रदेश तेस्रो तहका नेताहरूको पार्किङ स्थल बन्यो : गृहमन्त्री

फाइल फोटो


नेपालखबर
जेठ ३०, २०८१ बुधबार १५:५१, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन्।

बुधवार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने स्थल बनेको बताए। उनले व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अँगाल्न नसकेको बताए।

तेस्रो तहका नेताहरूलाई राख्ने ठाउँ प्रदेश बनेको उनको भनाई थियो। अहिले भएको प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको गृहमन्त्री लामिछानेको ठहर छ।

उनले भने, ‘के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यही प्रदेश हो? के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ की बद्नाम गराउने काम गरेको छ? त्यसलाई रिट्रोफिड गरौँ है, त्यसलाई ठिक गरौँ, त्यो बेढंगको छ, हामीले ढंगको बनाउनुपर्छ भनेको हो। त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेताहरुलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ। तेस्रो तहका नेताहरू कता जाने भन्दा प्रदेशमा।’

गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताए।

उनले मिलेर जाउँ भन्ने चक्करमा आफू ३ महिना नलागेको भए गत निर्वाचनमा २० सिट बढी जित्ने दाबीसमेत गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .