राजनीति


प्रधानमन्त्री ओली पार्टी प्रशिक्षण कार्यक्रममा पहिलोपटक सहभागी

प्रधानमन्त्री ओली पार्टी प्रशिक्षण कार्यक्रममा पहिलोपटक सहभागी

नेपालखबर
फागुन १२, २०७६ सोमबार ७:७,

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना नेता/कार्यकर्तालाई दिने प्रशिक्षण कार्यक्रममा पहिलोपटक सहभागी हुने भएका छन्।

सोमबार गण्डकी प्रदेशको पोखरामा पार्टी प्रशिक्षण कार्यक्रम राखिएको छ। उनी पहिलोपटक प्रशिक्षण दिन गण्डकी प्रदेशको पोखरा पुगेका हुन्।

यसअघि कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नम्बर ५ को बुटवलमा भएको प्रशिक्षण कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रशिक्षण दिएका थिए ।

२०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरेर नेकपा बनेपछि नेकपाले सबै प्रदेशमा पार्टी प्रशिक्षण कार्यक्रम राखेको हो ।

७ वटै प्रदेशमा हुने कार्यक्रमअन्तर्गत फागुन १५ गते वाग्मती प्रदेशमा प्रशिक्षण कार्यक्रम राखिएको नेकपाले जनाएको छ ।

प्रधानमन्त्री ओली स्वास्थ्यका कारण यसअघिका प्रशिक्षण कार्यक्रमहरुमा सहभागी भएका थिएनन्। दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेका ओली नियमित रुपमा डायलासिस र प्रत्यारोपणको लागि आवश्यक पर्ने स्वास्थ्य जाँच गराउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad