राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेका छन्।
उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले आआफ्नो सम्पत्ति सार्वजनिक गराउन छुट्टाछुट्टै पत्र लेखेका हुन्।
सार्वभौम नेपाली नागरिक र आम सञ्चारमाध्यमको जानकारीको लागि सार्वजनिक गरिदिन अनुरोध गरिएको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।
आफूहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण बुझाएपनि त्यहाँबाट सार्वजनिक नभएकोले पत्राचार गरिएको ती मन्त्रीले बताए।
‘देशमा भ्रष्ट्राचार न्यूनिकरण गर्न सदाचार आचरण महत्त्वपूर्ण हुने भन्दै सम्पत्ति विवरण सार्वजनिकका लागि अनुरोध गरेका हौँ,’ ती मन्त्रीले भने।
Shares
प्रतिक्रिया