राजनीति


पार्टी विभाजनबारे चलाइएका हल्लाहरू गलत हुन् : एकीकृत समाजवादी

पार्टी विभाजनबारे चलाइएका हल्लाहरू गलत हुन् : एकीकृत समाजवादी

नेपालखबर
बैशाख २४, २०८१ सोमबार १७:२६, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले पार्टी विभाजनबारे चलाइएका हल्लाहरू गलत भएको स्पष्टीकरण दिएको छ। सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय दलका सम्बन्धमा चलाइएका हल्लाहरूको विश्वास नगर्न सबैलाई अनुरोध गर्दै पार्टी एकतावद्ध रहेको प्रतिवद्धता गरेको छ। 

पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीका अनुसार, सोमबारको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, संघीय संसदको आगामी अधिवेशनमा खेल्नु पर्ने भूमिका लगायतका विषयहरुमा छलफल भएको थियो। 

‘बैठकले सरकारले ल्याउने नीति, कार्यक्रम र बजेट बारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरु दिने, संसदको आगामी अधिवेशनमा जनसरोकारका विषयहरु सशक्त रुपमा उठाउने र कानून निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय गरेको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .