राजनीति


कसैको पहिचान मिचिएको छ भने आफ्नै ल फर्मबाट निःशुल्क मुद्दा लड्छु : सुहाङ नेम्बाङ

कसैको पहिचान मिचिएको छ भने आफ्नै ल फर्मबाट निःशुल्क मुद्दा लड्छु : सुहाङ नेम्बाङ

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १५:३८, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सुहाङ नेम्बाङले कसैको पहिचानको हक मिचिएको पाइए आफ्नो ‘ल फर्म’बाट निशुल्क मुद्दा लड्ने घोषणा गरेका छन्। 

मंगलबार निर्वाचित भएपछि सदरमुकाम इलाम बजारमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै उनले जनताले दिएको एक एक मतको मूल्यांकन गरेर काम गर्ने प्रतिवद्धता जनाए। 

‘सबै पहिचानको हक र अधिकार सुनिश्चित गर्ने संविधान छ। कतै अधिकार मिचिएको छ भने म मेरो ल फर्मबाट निशुल्क मुद्दा लड्नेछु,’ नेम्बाङले भने। 

उनले आफूले इमानदारीतापूर्वक काम गर्ने बताउँदै इलामेली जनताको शिर नझुकाउने बताए। 

‘तपाईंहरूले दिएको एक एक मतको मूल्यांकन गरेर मैले काम गर्नुपर्नेछ। मलाई काम गर्नु छ, देखाउनु छ,’ उनले भने। 

अग्रजले एउटा विकासको बाटो बनाइदिएको भन्दै अब त्यसलाई पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको उनले बताए। 

‘कसैलाई नराम्रो नदेखाएर, मिलेर विकास निर्माणको अभियानमा लागेका छौँ। यो देख्दा मलाई खुसी लागेको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .