राजनीति


संसदबाट एमसीसी पारित गराउने प्रयास आपत्तिजनकः मसाल

संसदबाट एमसीसी पारित गराउने प्रयास आपत्तिजनकः मसाल

नेपालखबर
फागुन ६, २०७६ मंगलबार १५:१५,

नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले संसदबाट एमसीसी पारित गराउने प्रयास भइरहेको भन्दै आपत्ति जनाएको छ।

एमसीसीलाई इण्डो प्यासिफिक रणनीतिको अंग नभएको बताएर संसदबाट पारित गर्न खोजिएको भन्दै मसालले कुनै पनि हालतमा एमसीसी पारित हुन नहुने बताइएको छ। महामन्त्री मोहन विक्रम सिंहले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा ‘त्यसको उद्देश्य अमेरिकी साम्राज्यवादको सेवा गर्नु’ रहेको आरोप लगाएका छन्।

‘एमसीसी विकाससम्बन्धी कार्यक्रमहरू खाली वाह्य र प्रकट रूपहरूमात्र हुन्। स्वयं अमेरिकाका उच्च अधिकारी र काठमाडौँ स्थित अमेरिकी दुतावासले समेत त्यो इण्डो प्यासिफिक रणनीतिको अंग भएको कुरा सार्वजनिक गरिसकेका छन्’ वक्तव्यमा भनिएको छ, ‘त्यो अवस्थामा त्यसलाई इण्डो प्यासिफिक रणनीतिको अंग नभएको भनेर चोख्याएर संसदद्वारा पारित गराउने सरकारको प्रयत्नलाई हाम्रो पार्टीले अत्यन्त आपत्तिजनक मान्दै त्यसको कडा शब्दमा विरोध गर्दछ।’

नेकपा (मसाल) ले विभिन्न नौ राजनीतिक दलको नेतृत्व गर्दै एमसीसी र सीमा अतिक्रमण विरुद्ध आन्दोलन गर्दै आइरहेको छ। त्यस सन्दर्भमा ‘सबै देशभक्त र राष्ट्रप्रेमी जनताले एमसीसी वा भारतीय हस्तक्षेपका विरुद्ध व्यापक रूपले आवाज उठाउनुपर्ने आवश्यकता छ’ वक्तव्यमा भनिएको छ।

यस्तै, मसालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठुला भ्रष्टहरुमाथि कारबाही थालेको भन्दै सन्तोष व्यक्त गरेको छ। तर, अख्तियारको कारबाहीमा पक्षपातको गन्ध आउन नहुने बताएको छ।
मसाल महामन्त्री सिंहले देशमा संघीयताको दुष्परिणाम देखिन थालेको भन्दै संघीयता खारेजी गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad